तिहारको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु


८ कार्तिक २०७९, मंगलवार
current

जनकपुरधाम । दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्वर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिश्र र यादव दुबै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेन्ट लागेको धनुषा प्रहरीको भनाइ छ । उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७