टी–२० विश्वकप क्रिकेट : आज इङल्याण्ड–आयरल्याण्ड र अफगानिस्तान–न्युजिल्याण्ड खेल्दै


९ कार्तिक २०७९, बुधबार
icc t20 A2OIaHDC9O

काठमाडौं । टि–२० विश्वकप क्रिकेट सुपर १२ मा आज (बुधबार) दुई खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका इङल्याण्ड र आयरल्याण्ड तथा अफगानिस्तान र न्युजिल्याण्डबीच खेल हुनेछ ।

मेलवर्नमा आज हुने पहिलो खेलमा इङल्याण्ड र आयरल्याण्ड बिहान पौने १० बजे खेल्दै छन् । त्यस्तै दोस्रो खेलमा पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।

हिजो भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हरायो । अस्ट्रेलियामा भइरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इङल्याण्ड, अफगानिस्तान, श्रीलंका र आयरल्याण्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्याण्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७