भतिजाको खुकुरी प्रहारबाट काकाको घटनास्थलमै मृत्यु


१२ कार्तिक २०७९, शनिबार
dead
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा भतिजाको खुकुरी प्रहारबाट काकाको मृत्यु भएको छ । वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको मृत्यु भएको हो ।

खुकुरीले गर्दनमा लागेका राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए । मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई प्रहरीले पक्राउ गरेको छ । घट्नापछि काकालाई खुकुरी प्रहार गरेको भन्दै खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काका भतिजाको आँगन एउटै छ । घट्ना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको हो । परिवारका सदस्य बाहिर रहेका मानबहादुर घरमा एक्लै बस्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७