उम्मेदवारी खारेजीको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाँदै तोसिमा


१४ कार्तिक २०७९, सोमबार
Toshima karki 768x466 1

काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा. तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वाेच्च अदालत जाने भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वाेच्च अदालत जान लागेको कार्कीले बताइन् ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७