बायर्नको अपराजित यात्रा कायम


१६ कार्तिक २०७९, बुधबार
bayern munich celebrate

काठमाडौं । बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । समूह सीअन्तर्गत अन्तिम खेलमा बायर्नले इन्टर मिलानलाई मंगलबार राति २–० अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभार्ड र एरिक मोटिङले समान एक एक गोल गरे ।
जितसँगै समूह सी मा बायर्न अपराजित रहँदा ६ खेलबाट १८ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।

पराजित इन्टर समान खेलबाट १० अंक सहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट ७ अंक जोडेका बार्सिलोना र बिना अंकको भिक्टोरिया पुछारमा रहँदै समूह चरणबाट माथि बढ्न सकेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७