प्रधानमन्त्री देउवा धनगढीमा : निवासमै कार्यकर्तासँग भेट गर्ने


१६ कार्तिक २०७९, बुधबार
Deuwa
फाइल फोटो

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवा धनगढी पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जानुअघि बुधबार देउवा धनगढी पुगेका हुन् । धनगढी–४ स्थित आफ्नै निवासमा बसेका उनले यहाँका कार्यकर्तासँग भेटघाट गर्दैछन् ।

कैलाली–५ को प्रदेश सभा (ख) बाट प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रधानमन्त्री देउवाका भतिजा समेत हुन् । देउवाले बुधबार धनगढीमै बस्ने देउवा बिहीबार आफूले उम्मेदवारी दिएको क्षेत्र डडेल्धुरा जानेछन् । डडेल्धुरामा ४ दिनसम्म उनले चुनाविी गतिविधि सञ्चालन गर्ने छन् ।

सरकारी श्रोत प्रयोग नगर्न देउवालाई आयोगको चेतावनी निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जान थालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी श्रोतसाधनको प्रयोग नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति दिएको आयोगले सरकारी श्रोत साधनको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा आउन अनुमति मागेको थियो । तर, आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७