सिटीको पुनरागमन जित


१७ कार्तिक २०७९, बिहीबार
man city m3FIIpgSFa

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पुनरागमन जित निकालेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीले स्पेनिस क्लब सेभियामाथि ३–१ गोलको सहज जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रिको लुइस, जुलियन अल्भारेज रियाद महरेजले एक–एक गोल गरे ।

यता सेभियाका लागि राफ मिरले एक गोल फर्काए । निकाल्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ । जितसँगै सिटीले ६ खेलबाट १४ अंक जोड्यो । सिटी समूह विजेता बन्दा दोस्रो स्थानको डर्टमुन्ड ९ अंक जोड्यो । यस्तै सेभियाले ५ अंक जोड्दा कोपेनहेगन ३ अंक जोडेर पुछारमा रह्यो ।

यसै समूहको अर्काे खेलमा खेलमा डर्टमुण्डले डेनिस क्लब कोपेनहेगनसँग १–१ गोलको खेल्यो । डर्टमुण्डका लागि थोर्गन हाजार्डले गोल गरे । उता कोपेनहेगनका हाकोन अर्नर हाराल्डसनले बराबरी गोल फर्काए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७