फिलिपिन्स आँधी : १५० जनाको मृत्यु, ३६ जना बेपत्ता


१८ कार्तिक २०७९, शुक्रबार
phili D0Uc6R8G4Y

काठमाडौं । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १५० जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।

हिजो आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका छन् । आँधीले ३९ लाख नागरिक प्रभावित भएका छन् भने ४९९ सडकमा क्षति पुगेको छ । त्यसैगरी १२० वटा पुल आंशिक वा पूर्णरूपमा भत्केका छन् ।

आँधीका कारण राजधानी मनिलासहित १७ क्षेत्रका ३१ हजार ९४२ गाउँका १८ लाख १२ हजार ७४० जना नराम्ररी प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । आँधीसँगैको बाढीका कारण कम्तीमा १ लाख १३ हजार ४ सय ८ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ । त्यहाँ ११ हजार ७ सय ६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७