शिवरामसँग मिल्यो निहारिका राजपुतको छोराको ‘डीएनए’


१८ कार्तिक २०७९, शुक्रबार
niharika
फाइल फोटो

काठमाडौं । महोत्तरी जलेश्वरकी निहारिका राजपुतका छोराको ‘डीएनए’ बलात्कार आरोपी धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको छ । राजपुतका छोरासँग प्रतिवादी शिवराम श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरले राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश जारी गरेको थियो ।

डीएनए परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । राजपुतका कानुन व्यवसायी अधिवक्ता रिन्कुकुमारी यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ ।

प्रतिवेदन अनुसार श्रेष्ठ र राजपुतका छोराको ९९.९९९ प्रतिशतले डीएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुरका प्रवक्ता नुतन झाले जानकारी दिएकी छन् ।

झाका अनुसार रिपोर्ट नआएको हुँदा २५ गतेका लागि साधारण तारेख दिइएको थियो । अब रिपोर्ट आइसकेकाले अर्को सुनुवाइको पेसी तोकिने छ । शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन् । तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७