रेखा थापालाई ढाका ढोपी लगाई दिँदै मतदाताले भने, ‘देशको शीर उँचो राख्नू’

मोरङ । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी अभिनेत्री तथा राप्रपा नेत्री रेखा थापालाई देशको शीर उँचो राख्न भन्दै मतदाताले ढाका टोपी ओढाई दिएका छन् । पुरानो नेतृत्वले देशको शीर झुकाएको र अब युवापुस्ताले शीर उच्च बनाउन भन्दै बेलबारी–३ का कर्ण चेम्जोङले थापाको शीरमा ढाका टोपी लगाई दिएका हुन् ।
आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट प्रभावित रहे पनि अब युवापुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाई दिएर स्वागत गरेका हुन् ।
थापा अहिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा खटिएकी छन् । चलचित्र उद्योगमा सफल अभिनेत्रीको रुपमा चिनिएकी उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा छिन् । मोरङ–३ मा थापा, सत्तारुढ गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा, एमालेका भानुभक्त ढकालसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् ।