इङ्ल्याण्डलाई विश्वकप उपाधिका लागि १३८ रनको लक्ष्य


२७ कार्तिक २०७९, आईतवार
Pakistan 21668333041 scaled

काठमाडौं । साम करनले कसिलो बलिङ गरेपछि आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा इङ्ल्याण्डले पाकिस्तानबाट १३८ रनको मध्यम लक्ष्य पाएको छ ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३७ रनको योगफल खडा गर्‍यो । पाकिस्तानका सान मसुदले ३८ रन बनाए । कप्तान बाबर आजमले ३२ रन थप्दा सदाब खानले २०, मोहम्मद रिजवानले १५ रन जोडे । पाकिस्तानका अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।

पाकिस्तानलाई कम योगफलमै रोक्न इङ्ल्यान्डबाट प्रभावकारी बलिङ गरेको साम करनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका करनले १२ रनमात्र खर्चिए । आदिल आलम र क्रिस जोर्डनले समान दुई विकेट लिँदा वेन स्टोक्सले एक विकेट हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७