इस्तानबुलमा शक्तिशाली विष्फोट : चार जनाको मृत्यु, दर्जनौं घाइते


२८ कार्तिक २०७९, सोमबार
istanbul

अंकारा । टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विष्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको सो विस्फोटमा तीन दर्जनभन्दा बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन् ।

‘प्रारम्भिक रिपोर्टमा चार जनाको मृत्यु र ३८ जना घाइते भएका विवरण सार्वजनिक भएको छ’ इस्तानबुलका गर्भनर अली यर्लिकायाले ट्वीटरमा भने ।
विष्फोटबारे ट्वीटरमा पोस्ट गरिएको भिडियोमा विष्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ । विष्फोटबारे पूरा विवरण सार्वजनिक हुन बाँकी छ । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७