वर्षा र हिमपातको सम्भावना


२९ कार्तिक २०७९, मंगलवार
snow jajarkot

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको हल्का प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातको सम्भावना रहेको रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७