भारत र चीनसँगका सीमा नाका बन्द


२ मंसिर २०७९, शुक्रबार
nakas

काठमाडौं । आम निर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने यसअघिको निर्णय कार्यान्वयन गरेको हो ।

मंसिर ४ अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावश्यक अवस्था बाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमा नाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न गरिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७