बाजुरामा प्रहरीको गोली लागेर एकको मृत्यु, तीन जना घाइते


४ मंसिर २०७९, आईतवार
goli

बाजुरा । बाजुरामा मतदानका क्रममा भएको विवाद नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

त्रिवेणी नगरपालिका–७ मा मत गणना सकिएर मतपेटिका थन्क्याउँदै गर्दा बाहिर प्रहरीको गोलीबाट सञ्जीव अएडी ढलेका हुन् । स्थानीयका अनुसार उनको छातीमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी लगिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७