तनहुँ १ : रामचन्द्र पौडेल एमालेका एकबहादुर रानासँग १३२ मतले पछि


६ मंसिर २०७९, मंगलवार
Ramchandra Eakraj rana

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका प्रतिस्पर्धीसँग पछि परेका छन् । सुरुवातदेखि अग्रता बनाइरहेका उनी पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका एकबहादुर रानासँग १३२ मतले पछि परेका हुन् ।

जारी मतणनाका क्रममा अग्रता बनाएका रानाले ३३ सय ४२ मत ल्याएका छन् । उता दोस्रो स्थानमा धकेलिएका पौडेलले ३२ सय १० मत ल्याएका छन् । कुल ९ हजार ७५६ मत गणना हुँदा रानाले रामचन्द्रलाई उछिनेका हुन् ।

अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १२ सय ९० मत ल्याएका छन् । त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले ५२२ मत ल्याएका छन् । यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । जसमा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४ दशमलव ३६ प्रतिशत हो । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७