रवि लामिछानेको ८ हजार बढी मतको अग्रता, खुशीयाली मनाउँदै समर्थक


७ मंसिर २०७९, बुधबार
Rabi Lamichhane 1200x600px 11 13

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाउँदै लगेको छ। ३७ हजार २२१ मत गन्दा रवि लामिछाने ८ हजार ६८७ मतान्तर बनाएका छन् । लामिछानेले १७ हजार ५२९ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६८१ मत ल्याएका छन् ।

chitwan22022 11 23 01 51 03

लामिछानेको अग्रतासंगै अहिले उनका समर्थकहरु मत गणना स्थल नजिकै नाचगानसहित खुशीयाली मनाउँदै छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत गणना सकिएर अहिले भरतपुरका वडाहरुको मत गणना हुँदैछ ।
बजार क्षेत्र आएपछि रविले मतान्तर बढाउँदै लगेका छन् । चितवन क्षेत्र नम्बर १ मा पनि घण्टी चुनाव चिह्नका हरि ढकाल अगाडि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७