दाङ ३ (२) मा माओवादीका धनबहादुर विजयी


८ मंसिर २०७९, बिहीबार
dhana bahadur maski pani1NKSmc

दाङ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘२’ मा गठबन्धनअन्तर्गत माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् ।
मास्कीले २२ हजार तीन सय २९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हुकुमबहादुर बस्नेतले २० हजार एक सय ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले तीन हजार चारसय १९ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ९ सय ८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७