ब्राजिलको जितमा रिचार्लिसनको दुई गोल


९ मंसिर २०७९, शुक्रबार
Brazil

काठमाडौं । रिचार्लिसनको दुई गोल प्रेरित ब्राजिलले बुधबार राति कतार फिफा विश्वकप २०२२ फुटबलमा विजयी शुरुआत गरेको छ । लुसेल स्टेडियममा पाँच पटकको च्याम्पियन ब्राजिलले सर्बियालाई २–० ले पराजित गर्‍यो ।

AP22328750766598

पहिलो हाफमा कुनै गोल नहुँदा ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको थियो । ६२औं मिनेटमा रिचार्लिसनले अग्रता दिलाए । ७३औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

२५ वर्षीय रिचार्लिसनले भिनिसिअस जुनियरको पासमा गोल गरे । जितसँगै समूह ‘जी’ मा ब्राजिलले पहिलो खेलबाट तीन अंक जोडेको छ । सर्बिया अंकविहीन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७