करिश्मा मानन्धर भन्छिन्, ‘बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ’


९ मंसिर २०७९, शुक्रबार
KP Oli Karishma Manandhar

काठमाडौं । नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ । ‘(बाघलाई हायनाहरुले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो ।)’

Karishma manandhar

समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले लेखेकी छिन्, ‘मधेसमा दुई जना महिला प्रतिनिधि जित्नु सानो कुरा होइन । सम्पूर्ण कम्रेडहरुलाई शुभकामना ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७