तराईमा हुस्सु, सावधानी अपनाउन आग्रह


१० मंसिर २०७९, शनिबार
hussu
फाइल फोटो

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ का हिमाली भूभागका एक–दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने ठानिएको छ । आइतबार प्रदेश–१, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई भूभागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने आकलन महाशाखाले गरेको छ । चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७