समानुपातिकतर्फ एमालेकाे मत साढे १८ लाख बढी, अरु कुन दलको कति ?


१० मंसिर २०७९, शनिबार
Mat gadana ktm
फाइल फोटो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम आउने क्रम जारी छ । आज (शनिबार) दिउँसो १२ बजेसम्मको प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजाअनुसार नेकपा (एमाले) पहिलो स्थानमा छ । एमालेले १८ लाख ५४ हजार ९३७ मत ल्याएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ९ हजार ५३३ मत पाएको छ । एमाले र कांग्रेसको समानुपातिक मतान्तर ६५ लाख ४०४ रहेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ९५ हजार २५३ मत प्राप्त गरेका छ ।

चौथो स्थानमा रहेको नेकपा (माओवादीले केन्द्र)ले ७ लाख ८५ हजार ५९६ मत प्राप्त गर्दा पाँचौँ स्थानमा रहेको राप्रपाले ४ लाख आठ हजार २६२ मत पाएको छ ।

छैटौँ स्थानको जसपाले २ लाख १८ हजा १३७ सातौँ स्थानको नेकपा (एस)ले एक लाख ६८ हजार २७३, नागरिक उन्मुक्ति पार्टीले एक लाख ६० हजार ४७५, जनमत पार्टीले एक लाख ४९ हजार ६७७, लोसपाले ८४ हजार १४६ तथा नेमकिपाले ६१ हजार ३१६ मत पाएको छ । हाम्रो नेपाली पार्टीले ४१ हजार ११४ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाले ३८ हजार १५६ मत प्राप्त गरेको छ । बाँकी रहेका पार्टीहरूले ४० हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७