ट्युनिसियाविरुद्ध पहिलो ‘हाफ’ मा अस्ट्रेलियाको अग्रता


१० मंसिर २०७९, शनिबार
ausvstun 20221126161718

दोहा । मिचेल ड्युकको एक गोलप्रेरित अस्ट्रेलियाले फिफा विश्वकपको समूह ‘डी’ अन्तर्गत ट्युनिसियाविरुद्ध जारी खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । अल जानोब रंगशालामा जारी खेलको २३औं मिनेटमा ड्युकले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

क्र्याग गुडबिनले बायाँतर्फबाट गरेको क्रसमा ड्युकले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो। ट्युनिसियन गोलकिपर ऐमेन डामेनले रोक्ने कोसिस गरे पनि उनको प्रयास असफल बन्दा उत्तर अफ्रिकी मुलुकले गोल खायो ।
ट्युनिसियाका मोहम्मद ड्रागरले ४१औं मिनेटमा ६ यार्ड बक्सको दायाँ तर्फबाट गरेको सशक्त प्रहार अस्ट्रेलियन सेन्टर ब्याक ह्यारी सोटारले उत्कृष्ट ब्लक गरे ।

ट्युनिसियाविरुद्धको गोलसगै ड्युक विश्वकपमा हेडरमार्फत गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । पूर्व कप्तान टिम काहिलले सन् २०१४ को विश्वकपमा सर्बियाविरुद्ध र २०१४ विश्वकपमा चिलीविरुद्ध हेडरमार्फत गोल गरेका थिए ।

पहिलो खेलमा फ्रान्स ४–१ गोलको नतिजामा पराजित भएको अस्ट्रेलिया समूह चरण पार गर्ने सम्भावना जिवित राख्न यो खेल जित्नै पर्नै दबाबमा छ । पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको ट्युनिसिया पनि तीन अंक हासिल गर्दै नकआउटमा पुग्ने सम्भावना जिवित राख्न चाहन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७