मैजारोतिर मतगणना : बाँकी ६ क्षेत्रमा को छन् अगाडि ?


११ मंसिर २०७९, आईतवार
Mat gadana Chitwan
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ६ ठाउँको मात्र नतिजा आउँन बाँकी छ । दोलखा, स्याङ्जा, बाजुरामा भने गणना शुरू नै भएको छैन ।

गणना जारी ठाउँमा कहीं गणना बीचमा रोकिएको थियो । केही ठाउँमा धेरै मत गन्नुपर्ने भएकाले पनि समय लागेको जनाइएको छ । सबैभन्दा बढी प्रदेश–१ का ५ क्षेत्रबाट नतिजा आइसकेको छैन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उम्मेदवार रहोके इलाम–१ मा अझै १२११९ मत गन्न बाँकी छ । यहाँ एमालेका महेश बस्नेतले नेकपा एसका सम्मानित नेतालाई निरन्तर पछाडि पारेका छन् । शनिबार खनालले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि विवाद बढेको थियो ।

उदयपुर १ मा नेपाली कांग्रेसका नारायण खड्काले १७१३ ले लिड गर्दै अग्रता कायम राखेका छन् । खड्काको २१८३३ मत छ । एमालेकी मञ्जुकुमारी चौधरी २०१२० मत ल्याएर पछ्याइरहेकी छन् । सुनसरीका ४ वटा क्षेत्रमध्ये २ को नतिजा आइसकेको छ । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १३,११७ मत ल्याएर अग्रस्थानमा छिन् ।

एमाले–जसपा गठबन्धनका अशोककुमार राईले १२७०७ र माओवादीका मुक्सामहाङ्ग सुब्बाको १०११६ मत रहेको निर्वाचन आयोगले जनाएको छ । सुनसरीको क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले निरन्तर लिड गरिरहेकी छन् । चौधरीको २२८४२ छ भने कांग्रेसका विजयकुमार गच्छदार ४५७५ मतले पछि पर्दै १८२६७ मतका साथ लम्किरहेका छन् ।

सुनसरी ४ मा भने विवादपछि रोकिएको गणना १७ घण्टा बित्दासम्म शुरू भएको छैन । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री कार्कीले पुनः मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो । एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतसँग कार्कीको तीब्र प्रतिस्पर्धा छ ।

आयोगका अनुसार पछिल्लो परिणाम अनुसार मन्त्री कार्की ९८ मतले मात्र अगाडि छन् । कार्कीको २३,४३९ मत छ भने कुसियैतको २३,३४१ छ । यता मधेसको धनुषा ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच उछिनपाछिन चलिरहेको छ । अहिले यादव १,०२१ मतले अगाडि छन् । खसेको करिब ८० हजारमध्ये ५५ हजार गणना गर्दा यादवको २१२२४ र महासेठको २०२०३ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७