चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन : कमल थापा


११ मंसिर २०७९, आईतवार
Kamal Thapa 4

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन हारेर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन् ।

तर देशका लागि आफूले साँचेको सपना हारेकामा आफू दुःखी भएको उनले बताएका छन् । ‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन । नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु’, थापाले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेटौंडालाई राजधानी त बनाएँ । तर, काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।’

एमालेको चुनाव चिह्न सूर्य लिएर चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर १ मा तेस्रो स्थानमा रहँदै हारेका हुन्। उक्त क्षेत्रमा प्रतिस्पर्धी कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपा नेपालका अध्यक्ष थापालाई पाखा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपकबहादुर सिंह विजयी भए । निर्वाचनमा विजयी सिंहले २७ हजार ८ सय १६ तथा पराजित डिना र थापाले क्रमशः २५ हजार ४ सय २३ र २५ हजार ४ सय २० मत प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७