समूह विजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा


१५ मंसिर २०७९, बिहीबार
Argentina win Julian Alvarez foal 1024x611 1

काठमाडौँ । उपाधि दावेदार अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहयो ।
४७ औं मिनेटमा एलेक्सेस म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो। जुलियन अल्भारेजले ६७ औं मिनेटमा अग्रता दोब्बर पार्दा अर्जेन्टिनाले जित पक्का गर्यो।

Argentina Lead Alexis Mac Allister 1024x683 1

पहिलो हाफमा मेस्सी पेनाल्टीमा चुकेपछि दबाबमा आएको अर्जेन्टिनाले दोस्रोहाफमा राम्रो प्रदर्शन गरेको हो। खेलभर पूरै अर्जेन्टिना हाबी भएको थियो। पहिलो खेलमा साउदीसँग पराजित भएको अर्जेन्टिना लगातार दुई खेल जित्दै समूह विजेता बन्यो।

यस जितसँगै अर्जेन्टिना ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा रहयो । पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्यो ।

यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड ९०० को गोलअन्तर मेक्सिको ९(१० भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७