सुनसरी–४ मा रोचक प्रतिस्पर्धा : कुसियैतलाई कार्कीले चार मतले उछिने


१५ मंसिर २०७९, बिहीबार
Gyanendra Karki Kusiyat1669377682

सुनसरी । सुनसरी–४ मा नेपाली कांग्रेस उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि बढेका छन् । अहिलेसम्म कार्कीको ३० हजार ७३ र कुसियैतको ३० हजार ६९ मत रहेको छ । पछिल्लो परिणाम अनुसार कार्की र कुसियैतबीच ४ मतको मात्र अन्तर छ ।

यहाँ दुई दिन रोकिएर पुनः मतगणना शुरु भएको हो । शुरुवाती चरणबाट कार्कीले अग्रता लिँदै गर्दा एमालेका कुसियैतले पनि एक पटक उछिनेका थिए । यो क्षेत्रमा शुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७