ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु, धनगढी तनावग्रस्त


१५ मंसिर २०७९, बिहीबार
dhangadi

धनगढी । धनगढी–५ हसनपुरमा ग्रेडरले कुल्चिँएर एक बालिकाको ज्यान गएपछि अहिले धनगढी बजार तनावग्रस्त बनेको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडक खण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर १५ वर्षीया विद्यार्थी चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो । ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक साउद पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत थिइन् ।

अहिले उनको शव घटनास्थममा नै रहेको छ भने स्थानीयहरुले सडक अवरोध गरेर बिरोध प्रदर्शन गरिरहेका छन् । घटनास्थलमा आफन्त र स्थानीयहरुले बिरोध गर्दा सवारी आगामन ठप्प बनेको छ । घटनास्थलमा अहिले प्रहरीको टोली परिचालन गरिएको छ । साउद पढ्ने विद्यालयका विद्यार्थी र स्थानीयले टायर बालेर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७