पोर्चुगलमाथि कोरियाको जित, दुवै नकआउटमा


१६ मंसिर २०७९, शुक्रबार
318090048 6691232064225917 6786192043448186251 n
AL RAYYAN, QATAR – DECEMBER 02: Korea Republic players celebrate after the 2-1 win during the FIFA World Cup Qatar 2022 Group H match between Korea Republic and Portugal at Education City Stadium on December 02, 2022 in Al Rayyan, Qatar. (Photo by Mohamed Farag/Getty Images)

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत समूह एचको शुक्रबार भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ।
शुक्रबारको खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाको गोलमा पोर्चुगलले अग्रता लिएको थियो। तर २७ औं मिनेटमा कोरियाले गोल फर्कायो।

किम योङग्वोनले गोल गर्दै खेल बराबरी गरेका थिए। खेलको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हिचाङले निर्णायक गोल गरेका थिए। हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा नकआउट चरणमा पुगेको छ।

korea por YA8PWxvU6G

गत विश्वकपमा जर्मनीलाई २–० ले हराउँदै सनसनी मच्चाए पनि दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने बलियो मानिएको पोर्चुगललाई हराएर पोर्चुगलसँगै नकआउट चरणमा पुगेको हो।

समूह विजेता बनेको पोर्चुगलले समूहका दुई खेलमा जित हात पार्दै ६ अंक जोडेको छ। उपविजेता बनेको दक्षिण कोरियाले भने ४ अंक हात पारेको छ। समूहको तेस्रो स्थानमा रहेको उरुग्वेले दक्षिण कोरियासँग समान अंक र गोल अन्तर भए पनि गरेको गोलको आधारमा उरुग्वे समूह चरणबाटै बाहिरिएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७