पहाडी क्षेत्रमा बदलीको सम्भावना


१८ मंसिर २०७९, आईतवार
Kuhiro ktm

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश– १ र गण्डकीका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती, मधेसलगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदलीको आंकलन गरिएको छ ।
सोमबार प्रदेश– १ का पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश–१ का पहाडी र लुम्बिनीका एक–दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७