कांग्रेस प्रवक्ता महत र जनमत अध्यक्ष राउतबीच भेटवार्ता


१८ मंसिर २०७९, आईतवार
CK and mahat2022 12 04 11 26 07

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका रावतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका रावतसँग ठूला दलका शीर्ष नेताहरूले भेट्ने क्रम बाक्लिएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम करिब आइसक्दा भएको सो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राउतले यसअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७