शानदार जितसँगै इङ्ल्यान्डको फ्रान्ससँग भिडन्त तय


१९ मंसिर २०७९, सोमबार
england IpJTzuM9TX

काठमाडौं । इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरको शानदार जित निकाल्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इङ्ल्यान्डलाई ३–० को जित दिलाए । अब इङ्ल्यान्डले अन्तिम क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७