सत्ता गठबन्धन बैठकअघि खुमलटारमा प्रचण्डसँग सञ्चारमन्त्री कार्कीको भेटवार्ता


१९ मंसिर २०७९, सोमबार
gyanendra karki31645164430

काठमाडौं । सत्ता गठबन्धनको बैठक अघि नेकपा माओवादी केन्द्र र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीबीच भेटवार्ता भएको छ ।
प्रचण्ड र मन्त्री कार्कीबीच आज खुमलटारमा भेटवार्ता भएको हो । सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

आइतबार माओवादी केन्द्रको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देव गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका थिए । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी केन्द्र १८ स्थानमा विजयी हुँदा नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकालेको छ । सत्ता साझेदार दलहरुसँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) ले ४ र गठबन्धन दल राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७