हैटीको राजधानी सशस्त्र गुण्डाहरूको घेराबन्दीमा : प्रधानमन्त्री नै कार्यालय जान नसक्ने अवस्था


२० मंसिर २०७९, मंगलवार
haiti flag rLg7azRpmD

काठमाडौं । राज्यविहीन अवस्थामा पुगेको हैटीमा सशस्त्र गुण्डाहरूको प्रभावका कारण प्रधानमन्त्री समेत कार्यालय जान नसक्ने अवस्था आएको छ ।

पछिल्ला राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर हत्या गरेपछि अहिले हैटीमा संसद् छैन । अमेरिकाले समर्थन गरेका प्रधानमन्त्री आरियल अनरीले राज्य चलाउन सकेका छैनन् । अनरीलाई धेरैले प्रधानमन्त्री नै नमान्ने गरेका बीबीसीले जनाएको छ । राज्यविहीन अवस्थामा पुगेको हैटीको आधा जनसंख्या अर्थात् झण्डै ४७ लाख मानिस भोकमरीको चपेटामा रहेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

अहिले सशस्त्र गुण्डाहरूले देशका विभिन्न क्षेत्र कब्जा गरेका छन् । सशस्त्र समूहले कब्जा गरेको एउटा क्षेत्रका मानिस अर्को क्षेत्रमा पुगे भने हत्या समेत हुने गरेको छ । सशस्त्र समूहले अपहरण, बलात्कार तथा हत्याका शृङ्खला मच्चाइरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार बितेको १० महिनामा अपहरणका एक हजार एक सय सात वटा घटना भएका छन् । सामुहिक बलात्कारका घटना सामान्य जस्ता बन्न थालेका छन् । मानिसहरू रात परेपछि घरबाहिर निस्कनै सक्दैनन् । संसद्को वरपरको क्षेत्र तथा राजधानी भित्रिने र बाहिरिने सडक सशस्त्र समूहको पूर्ण नियन्त्रणमा रहेको छ । राजधानी पोर्टो प्रिन्समा जथाभाबी फोहर थुप्रिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७