विदेशमा आकर्षक तलब पाइने लोभमा पर्दा….


२१ मंसिर २०७९, बुधबार
pakrau
फाइल फोटो

काठमाडौं । विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिइरहेका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेका छन् ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गरे पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेका छन् । पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीबाट चार व्यक्ति ठगिएका छन् ।

झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले यसरी विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । घिमिरेले उमेश अधिकारीसमेत चार जनालाई वर्किङ भिसामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । आचार्यले पोर्चुगल जान रु १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको छ ।

यसरी पोर्चुगल गएपछि मासिक रु एक लाख कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट रु २७ लाख असुलिएको खुलेको छ । आचार्यलाई थप कारबाहीका लागि मंगलबारै वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको छ ।

प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भई काठमाडौँको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ । उनीविरुद्ध रु चार लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७