सुन चाँदीको मूल्य स्थिर


२१ मंसिर २०७९, बुधबार
Gold 2

काठमाडौं । सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ ।

यस्तो सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी समेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७