कैलालीमा १३ बर्षीया बालिकामाथि सामुहिक बलात्कार, आरोपमा दुई युवक पक्राउ


२१ मंसिर २०७९, बुधबार
pakrau
फाइल फोटो

कैलाली । कैलालीको गोदावरी नगरपालिकामा एक १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा स्थानीय दुई युवक पक्राउ परेका छन् ।

चार दिनअघि स्थानीय सेहरी जंगलमा ती युवकले बालिकामाथि सामुहिक बलात्कार गरेको आरोप लागेको छ । बलात्कार आरोपमा स्थानीय १९ वर्षीय विनोद खत्री र २४ वर्षीय नवीन चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र आरोपितको जिल्ला अदालतबाट म्याद थप भएर प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७