मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहोर्‍याउन मन छ : मुख्यमन्त्री राई


२१ मंसिर २०७९, बुधबार
Rajendra rai scaled
फाइल फोटो

मोरङ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् । विराटनगरमा आज (बुधबार) प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले मुख्यमन्त्रीका रूपमा आफूलाई कार्यकाल दोहोराउन मन लागेको बताएका हुन् ।

हालै सम्पन्न निर्वाचनमा मुख्यमन्त्री राई सत्ता गठबन्धनको तर्फबाट भोजपुर १ (१) को प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन् । यस प्रदेशसभामा प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, नेकपा (माओवादी केन्द्र) ले नौ, नेकपा (एस)ले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई स्थानमा जीत हासिल गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७