चुनावमा अन्तर्घात गरेको भन्दै माओवादीका दुई पोलिटब्युरो सदस्यलाई कारबाही सिफारिस


२२ मंसिर २०७९, बिहीबार
yadav kafle lYHlns4St6

सर्लाही । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अचुतम काफ्ले र रामेश्वर राय यादवले अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस गरिएको छ । प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई भुमिका खेलेको भन्दै माओवादी दुई नेतालाई कारबाही सिफारिस भएको हो ।

माओवादी केन्द्र बागमती, हरिवन, बरहथवा नगरपालिकासहित चक्रघट्टा गाउँपालिकासहित चार स्थानीय तह कमिटीले दुई जनालाई कारबाही सिफारिस गरेको हो । माओवादीका यादवले एमालेका हरिप्रसाद उप्रेतीलाई भोट मागेर हिंडेकाले कारबाही सिफारिस भएको एक नेताले जानकारी दिए ।

‘यादवजीले सर्लाही–३ बाट उम्मेदवार भएका एमालेका उम्मेदवार हरि उप्रेतीलाई भोटै मागेर हिंड्नु भयो । माओवादीका नरेन्द्र कलवार साहलाई भोट नदिनु भनेर हिड्नु भयो’ ति नेताले भने, ‘अचुतम काफ्लेले पार्टीका उम्मेदवारलाई भोट नमागे निष्क्रिय भई बसेको भनेर कारबाही सिफारिस भयो ।’

माओवादी चार पालिकाले पार्टीका दुई पोलिटब्युरो सदस्यलाई पार्टीबाट किन कारबाही नगर्ने भन्दै प्रदेश कमिटी र पार्टी केन्द्रलाई सिफारिस गरेको हो । काफ्ले माओवादी सर्लाही जिल्ला इञ्चार्ज हुन् भने यादव यसअघि संघीय सांसद समेत हुन् ।

अहिले समानुपातिक सांसदमा बसेपछि प्रत्यक्षमा नरेन्द्र कलवार साहलाई टिकट दिएर पठाएको थियो । यादव यसअघि संघीय सरकारका श्रममन्त्री समेत भएका थिए । तर माओवादीका मधेस प्रदेश इञ्चार्ज गणेश साहले चुनावमा अन्तर्घात गरेको भन्दै कुनै नेताको नाम सिफारिस भई आइनसकेको बताए । ‘अहिलेसम्म चुनावमा अन्तर्घात गरेको भन्दै कुनै नेताको नाम म कहाँ आइसकेको छैन’ साहले भने, ‘यदी सिफारिस भएर आयो भने छानविन हुन्छ । दोषी देखिएमा कारबाही गर्छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७