संसदीय दलको नेता चयनपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड


२४ मंसिर २०७९, शनिबार
prachanda 6
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपति समक्ष पेश गरेपछि दलहरुले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘अब निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा यो निर्वाचितहरुको लिष्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ ।’ दाहाल आफैं सत्तारुढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक छन् ।

सबै भन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा नयाँ सरकारको नेतृत्वको स्वभाविक दाबेदार रहेका छन् । काँग्रेस भित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७