विश्वकप फुटबल : दोस्रो सेमिफाइनलमा आज साविक विजेता फ्रान्स र मोरक्को खेल्दै


२८ मंसिर २०७९, बुधबार
france morko

काठमाडौँ । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) साविक विजेता फ्रान्स र उदाउँदो शक्ति मोरक्को भिड्दै छन् ।

खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे शुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो । यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्ने छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगेको छ ।

फ्रान्स क्वार्टर फाइनलमा इङ्ल्याण्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन् । मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश हो । यी दुई टोलीबीच विश्व कपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । फ्रान्स र मोरक्को विश्वकपमा भने पहिलोपटक भिड्न लागेका हुन् । तर मैत्रीपूर्ण र अन्य प्रतियोगितामा गरी ७ पटक प्रतिस्पर्धा गरेका छन् ।

जसमा ४ खेल बराबरीमा सकिएका छन् । बाँकी ३ खेलमा फ्रान्स विजयी भएको छ । मोरक्कोले फ्रान्सलाई हराउन सकेको छैन । फ्रान्सले १३ गोल गरेको छ भने ७ गोल मात्रै खाएको छ । पहिलो पटक १९७५ मा १–१ को बराबरी खेलेका यी टोली अन्तिमपटक २००७ मा २–२ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७