देउवाले बालुवाटारमा बोलाए सांसदहरूको भेला


२ पुष २०७९, शनिबार
deuwa scaled

काठमाडौं । समानुपातिकको समेत अन्तिम निर्वाचन परिणाम आइसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शनिबार) पहिलो पटक सबै सांसदको भेला बोलाएका छन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।

सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका छन् ।

उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत उनले यसबारे जानकारी पाएका थिए । केही सांसदहरूलाई भने उपसभापति धनराज गुरुङले भेलाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७