‘महापुरुष’ बन्यो यो बर्ष ५१ औं दिन मनाउने दोस्रो नेपाली चलचित्र


३ पुष २०७९, आईतवार
mahapurush

काठमाडौं । ‘महापुरुष’ यस वर्ष ५१ औं दिन मनाउने दोस्रो नेपाली चलचित्र बनेको छ । गत कात्तिकबाट प्रदर्शनमा आएको फिल्मले शनिबारबाट ५१ औं दिन मनाएको हो । निर्माण युनिटले शनिबार एक कार्यक्रम गर्दै फिल्मको ५१ औं दिनको खुशी समेत सबैमाझ साटेको छ ।

maha

प्रदर्शनको तीन हप्ता आक्रामक व्यापार गरेको फिल्मले मलटीप्लेक्सहरु क्यूएफएक्स चेन, एफक्यूब, वान सिनेमाज, बिग मुभिज, आइएनआई सिनेमाज, पोखरा सिनेप्लेक्ससहित काठमाडौं र मोफसलका केही सिंगल थिएटरमा प्रदर्शनको ५१ औं दिन मनाएको निर्माण युनिटले जनाएको छ । यो वर्ष यस अगाडि फिल्म ‘कबड्डी ४’ ले सफलताको ५१ औं दिन मनाएका थियो ।

Madan Krishna shrestha

‘महापुरुष’ प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । ५१ औं दिन मनाउने उनी निर्देशित यो चौंथो फिल्म हो । यसअघि उनको ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ ले पनि प्रदर्शनको ५१ औं दिन मनाएको थियो । एकल पिताले आफ्नो सन्तानका लागि गर्ने त्याग र समर्पणमा आधारित फिल्म ‘महापुरुष’ बलियो माउथ पब्लिसिटीका कारण ब्यवसाय गर्न सफल भएकोे हो ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७