पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार गठनबारे गर्ला निर्णय ?


३ पुष २०७९, आईतवार
perish dada party

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पदाधिकारी बैठक पार्टी मुख्याललय पेरिसडाँडामा बस्दैछ । आज अपराह्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदीय दलको नेता चयनलगायतका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नव निर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको उनले जानकारी दिए । वैठकमा नयाँ सरकार गठनबारे निर्णय हुन सक्ने समेत जनाइएको छ ।

माओवादी केन्द्रले समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र लिएपछि दलको नेता चयन गर्ने तयारी गरेको थियो । निर्वाचन आयोगले आज प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । प्रतिनिधिसभामा माओवादीको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७