लुक्लामा दुर्घटनाबाट जोगियो समिट एयरको जहाज, आखिर के भएको थियो ?
काठमाडौं, ३ बैसाख : सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो । अवतरणका क्रममा रन वेमा हिँड्दै गर्दा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जानकारी दिएको छ ।
रन वेमा केही दूरी पार गरेपछि जहाजको टायर लक भएको विमानस्थलका कर्मचारीले जानकारी दिए । सोलुखुम्बु विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी दीपा कटुवालका अनुसार ओभरलोडका कारण अवतरणका क्रममा विमानमा समस्या देखिएको थियोे ।
रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज पार्किङस्थलमा पु¥याएका थिए । घटनाबारे समिट एयरले भने कुनै जानकारी दिएको छैन । जहाज अवतरणका क्रममा सामान्य गडवढी देखिए पनि दुर्घटना भने टरेको विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी दिपा कटुवालले जानकारी दिइन् ।