शीतलनिवासमा तीन कम्युनिष्ट पूर्व प्रधानमन्त्रीको जम्काभेट {तस्वीरहरु}


६ पुष २०७९, बुधबार
oli nprachanda jhalanath

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित सांसद पशुपतिशमशेर जबरालाई संसद्का ज्येष्ठ सदस्यका रूपमा शपथ गराएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की उपस्थित थिए । सो शपथ ग्रहण कार्यक्रममा तीन कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरुको जम्काभेट भएको छ ।

Oli prachanda

२०७७ मा तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच राष्ट्रपति कार्यालय शीतल निवासमा जम्काभेट भएको हो ।

kp prachanda jhalanath

तीनै नेता कम्युनिष्ट पार्टीका पूर्व प्रधानमन्त्रीहरु समेत हुन् । अहिले एकीकृत समाजवादीमा रहेका झलनाथ खनाल पनि नेकपा एमालेबाट प्रधानमन्त्री भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाउने क्रममा ओली, प्रचण्ड र अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लहरै राखिएको थियो ।

अघिल्लो सिटमा लहरै बसेका ओली र प्रचण्डबीच जबराको शपथका क्रममा कुराकानी समेत भएको छ । त्यस्तै एमालेबाट छुट्टिएका खनालसँग पनि ओलीले कुरा गरेका छन् । तर उनीहरुबीच भएको कुराकानीबारे केही पनि बाहिर आएको छैन । सत्ता गठबन्धनमा रहेका प्रचण्ड यस पटक सुरुमै प्रधानमन्त्री हुने दाउमा छन् ।

pashupati kp oli 5ttiDLkgwb

अर्कातिर एमाले अध्यक्ष ओली आफू राष्ट्रपति पद लिएर अन्य दलका नेताहरुलाई प्रधानमन्त्रीमा समर्थन गर्ने रणनीतिमा लागेका छन् । प्रचण्ड र खनालसँग दुई वर्षदेखि पानी बाराबारकै अवस्था थियो । मंसिर ४ को निर्वाचनमा गोरखाबाट विजयी प्रचण्डलाई ओलीले फोन गरेर बधाई दिएका थिए ।

pashupati shamsher 1

अहिले पनि सरकार गठनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताबीच कुरा भइरहेको छ । ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सन्देश पठाएको बताइएको छ । तर नयाँ सत्ता समीकरणका लागि ओली र प्रचण्ड छुट्टै वार्तामा बसिसकेको अवस्था छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १० गतेसम्मको समय दिएर दलहरुलाई नयाँ सरकारका लागि बहुमत प्रमाणित गर्न भनेकी छन् ।

RS KTM 008A3145

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण कार्यक्रम छ । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७