राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


६ पुष २०७९, बुधबार
LingdenmeetingwithThompson111 20221221171212

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ । राप्रपाको पार्टी कार्यालयमा बुधबार दुईबीच भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच सत्ता समीकरणका विषयमा पनि छलफल भएको बताइएको छ । अमेरिकी राजदूत थम्पसनले संसदीय दलको नेता चयन भएकामा अध्यक्ष लिङ्देनलाई बधाइ समेत दिएका थिए । केही दिनअघि चिनियाँ पक्षले पनि अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७