बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल


७ पुष २०७९, बिहीबार
deuba prachanda madhav

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि दुई पार्टीका अध्यक्ष बालुवाटार पुगेका हुन् । एकीकृत समाजवादीका अध्यक्ष प्रचण्ड भन्दा केहि ढिला बालुवाटार पुगेका हुन्

देउवा, प्रचण्ड र नेपालबीच सरकार गठन र शक्ति बाँडफाँटकालगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । त्यसअघि बसेको पार्टीको पदाधिकारी र संसदीय दलको बैठकमा प्रचण्डले सरकार गठन र शक्ति बाँडफाँटका विषयमा छलफल हुने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७