‘भाइरल’ बाल गायक सचिन परियार टिचिङ अस्पतालको आइसियुमा, बोल्न नसक्ने अवस्था


८ पुष २०७९, शुक्रबार
sachin pariyar Birami

काठमाडौं । एक समय सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनेका बाल गायक सचिन परियार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन नसकेको परिवारले जानकारी दिएका छन् ।

सचिनको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसनमार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनको अवस्था नराम्रोसँग बिग्रिएको उनले जानकारी गराएका छन् । कमलले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सचिनको अवस्था पीडादायक रहेको र खर्च अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन् ।

sachin pariyar IYx773Nvcb

एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन् । जुन चर्चित समेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा आएका थिए । राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका परियार केही समय हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ पनि देखिएका थिए ।

सामाजिक सञ्जालबाट चर्चामा आएका सचिनले केही समय चर्चासँगै सबैको माया पाए । ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठासपूर्ण बोली धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो ।
गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए । उनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो । पहिलो पटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तान्यो । सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’ मा पनि हिट बने ।

सचिनको स्वरमा चलेका कलाकारले पनि लिप्सिङ दिए । टिकटक बनाए । उनलाई टेलिभिजन कार्यक्रममा बोलाइयो । म्युजिक भिडियोमा सचिनलाई खेलाउने होडबाजी नै चल्यो । सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे । अहिले सचिन गुमनाम छन् । सामाजिक सञ्जालमा भेटिन छोडेका छन् ।

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन् । बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन् । सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए। ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट थिए। सचिनको स्वरमा चलेका कलाकारले पनि लिप्सिङ दिए। टिकटक बनाए। उनलाई टेलिभिजन कार्यक्रममा निम्त्याइयो।

म्युजिक भिडिओमा सचिनलाई खेलाउने होडबाजीजस्तै थियो। चलेका कलाकारले पनि उनीसँग कम्मर मर्काए। सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे। अहिले सचिनको नाम सबै तिरबाट हराएको छ। सामाजिक सञ्जालमा भेटिन छोडेका छन्।

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन् । सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको जानकारी गराएका छन् ।

उनी भन्छन् ‘भर्खरै अस्पताल पुगेका साथीहरु र सचिनको आमालाई सोध्दा उनको अवस्था जटिल छ भन्ने बुझियो । टिचिङ्ग अस्पतालको आइसीयूमा उपचाररत सचिन बाबुको थप उपचार, खर्च अभावका कारण रोकिन सक्ने खतरा भएकाले माया गर्ने सबै जनाले बाबुको लागि भगबान सङ्ग प्रार्थनासहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७