एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर


८ पुष २०७९, शुक्रबार
SP Rameshor Yadav1671779222

काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादवलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । प्रहरी उपरीक्षक यादवलाई सर्वोच्चले दोषी ठहर गरेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले बताए ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतको फैसला उल्टाउँदै उनलाई ४ महिना कैद र ९७ हजार ५० रुपैयाँ जरिवाना गर्ने फैसला गरिएको छ । २०७० मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहँदा अनियमितता गरेर मुद्दा मिलाएको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनलाई सफाइ दिएको थियो । सर्वोच्चले सो फैसला उल्ट्याएको छ । अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको इन्चार्ज रहेका यादव दोषी ठहर भएसँगै स्वतः निलम्बनमा परेका छन् । विशेष अदालतले सफाइ दिएपछि उनी एसपी पदमा बढुवा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७